पानीपोखरीमा बिजुलीको पोलमा आगलागी, केही बेर यातायात अवरुद्ध « Image Khabar


पानीपोखरीमा बिजुलीको पोलमा आगलागी, केही बेर यातायात अवरुद्ध


416
Shares

काठमाडौं । काठमाडौंको पानीपोखरीस्थित बिजुलीको पोलमा आगलागी भएको छ । बिहान १० बजे पोलमा अव्यवस्थित रुपमा रहेको तारको गुजुल्टोबाट आगो सल्किएको हो ।

दमकल प्रयोग गरेर आगो चाहिँ निभाइएको छ ।

आगोलागी हुँदा सो क्षेत्र भएर गुड्ने यातायात केही समय अबरुद्ध भएको थियो ।