नाइजेरियामा विद्रोही समूह बोको हरामले नियन्त्रणमा लिएका विद्यार्थी सकुशल मुक्त « Image Khabar


नाइजेरियामा विद्रोही समूह बोको हरामले नियन्त्रणमा लिएका विद्यार्थी सकुशल मुक्त

विद्रोही क्याम्पमा सेनाको हमला

143
Shares

काठमाडौं । अफ्रिकी मुलुक नाइजेरियामा सेनाले बिद्रोही समुह बोको हरामले नियन्त्रणमा लिएको केही घण्टामा नै २१ विद्यार्थीको सकुशल उद्धार गरेको छ ।

नाइजेरियाको कटसीना राज्यको बकुरा क्षेत्रमा रहेको इस्लामिक विद्यालयका २१ छात्राहरुलाई हतियारधारी समुहले अपहरण गरेको थियो । त्यस लगत्तै सेनाले बोको हरामको हतियारधारी समुहको क्याम्पमा हवाई हमला गरेपछि उनीहरुले २१ छात्रालाई मुक्त गरेको हो ।

यसैबीच, नाइजेरियाको काडुना प्रान्तमा एक हतियारधारी समुहले ६ जना सर्वसाधारणको बिभत्स हत्या गरेको नाइजेरियाका अधिकारीहरुले बताएका छन् । सो घटनाको जिम्मेवारी भने कसैले लिएको छैन ।