Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


हिउँदे वर्षाले कैलाली र कञ्चनपुरमा बाली सखाप


0
Shares

कञ्चनपुर । केही साताअघि परेको अविरल वर्षाका कारण कञ्चनपुर र कैलालीमा हिउँदे बालीमा ३० प्रतिशत नोक्सान भएको छ । लगातारको वर्षाका कारण कञ्चनपुर र कैलालीमा गहुँ, मसुरो, तोरीलगायतका हिउँदे बालीमा ३० प्रतिशत नोक्सान भएको हो ।

वर्षाले कञ्चनपुरको दक्षिणी क्षेत्र तथा कैलालीको भजनी र जोशीपुर क्षेत्रमा बढी क्षति गरेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका कृषि प्रसार अधिकृत रामचन्द्र भट्टले जानकारी दिए ।

स्थानीय तहहरुसँग तथ्यांक संकलनको काम भइरहेको भन्दै ३० प्रतिशत बालीमा नोक्सान पुगेको प्रारम्भिक अनुमान गरिएको उनले बताउ ।

भट्टले चुरे क्षेत्र तथा सिंचाईको सुविधा नभएका क्षेत्रमा हिउँदे वर्षाले फाइदा गरेपनि चिम्ट्याइलो माटोमा भने नोक्सान गरेको बताए । कञ्चनपुरमा यस वर्ष झण्डै ३३ सय हेक्टर क्षेत्रफलमा हिउँदे बाली लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।