
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लगाइएको महाअभियोगको प्रस्ताव विफल भएको छ । संसदको माथिल्लो सदन सिनेटले प्रस्तावलाई अनुमोदन गर्न अस्विकार गरेपछि राष्ट्रपति ट्रम्प महाअभियोगबाट जोगिएका हुन् ।
रिपब्लिकनको बहुमत रहेको सिनेटले राष्ट्रपति ट्रम्पलाई दोषमुक्त गर्ने पक्षमा मतदान गरेको हो । सत्ताको दुरुपयोग गरेको र अमेरिकी संसद कँग्रेसको मानहानी गरेको आरोपमा उनीमाथि महाअभियोगको लगाइएको थियो ।
एक सय सदस्यीय सिनेटमा शक्तिको दुरुपयोग गरेको अभियोगमा भएको मतदानमा उनको पक्षमा ५२ र विपक्षमा ४८ मत खसेको थियो । त्यसैगरी कँग्रेसको मानहानी गरेको र काममा आवरोध गरेको सम्बन्धमा भएको मतदानमा राष्ट्रपति ट्रम्पको पक्षमा ५३ र विपक्षमा ४७ मत परेको थियो ।
महाअभियोग प्रमाणित गर्न सिनेटको दुई तिहाई मत आवश्यक पर्दछ । डेमोक्रेटिक तर्फका कुनै पनि सांसदले ट्रम्पको पक्षमा मतदान गरेनन ।
आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो–वाइडेनलाई कारबाही गर्न युक्रेनलाई दबाव दिएको आरोपमा उनीमाथि संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टिटिम्भसले महाअभियोगको प्रस्ताव पारित गरेको थियो ।
महाअभियोग लागेर पनि प्रमाणित नहुने उनी अमेरिकाको तेस्रो राष्ट्रपति हुन् ।
प्रतिक्रिया दिनुहोस्