कांग्रेसले देशका सबै उद्योगधन्दा र कलकाखाना बेच्यो : दुर्गा प्रसाईं « Image Khabar


कांग्रेसले देशका सबै उद्योगधन्दा र कलकाखाना बेच्यो : दुर्गा प्रसाईं


351
Shares

काठमाडौं । नेकपा (एमाले)का उद्योग विभाग उप–प्रमुख दुर्गा प्रसाईंले देशमा भएका सबै उद्योगधन्दा, कलकारखाना सत्तारुढ नेपाली कांग्रेस नेतृत्वको सरकारले बेचेको आरोप लगाउनुभएको छ ।

मेडिकल कलेज सञ्चालकसमेत रहनुभएका प्रसाईंले नेपाली कांग्रेसले २०४६ सालपछि अधिकांश समय सरकारको नेतृत्व गरेको र त्यसैबेला मुलुकका सबै उद्योगधन्दा, कलकारखाना बेचिएको बताउनुभयो ।

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले मुलुकका उद्योगधन्दा सबै बेचिएपछि नेपाली युवाहरू रोजगारीको खोजीमा विदेश पलायन हुने अवस्था आएको तर्कसमेत गर्नुभयो ।

‘२०४६ सालपछि २०६० सालसम्म नेपाली कांग्रेसको अधिकांश समय सत्तारोहण भयो, त्यो सत्तारोहणको पालामा देशमा भएका उद्योगधन्दा, कलकारखाना सबै बेचिए,’ उहाँले भन्नुभयो, ‘उद्योगधन्दा र कलकारखाना बेचिएसँगै हाम्रा युवाहरु विदेश पलायन हुन बाध्य भए, हरियो पार्सपोर्टको खेती मौलायो ।’

प्रसाईँले पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको कार्यकारी अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्नुभएको तर्क गर्नुभयो । ओलीले संविधानसम्मत ढंगले प्रतिनिधिसभा विघटन गरेको उहाँको जिकिर थियो ।