२५ मंसिर २०८०, सोमबार | Tue Dec 12 2023


चीनमा उपचार पश्चात नेकपाका बरिष्ठ नेता खनाल स्वदेश फर्किए


0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्य उपचारपछि आज स्वदेश फर्किएका छन् ।

१५ दिन अघि चीन जानुभएको वरिष्ठ नेता खनालले सिचुवान प्रान्तस्थित वेस्ट चाइना इन्टरनेसनल अस्पतालमा हाइपर प्याराथाइराइ र मिर्गौलामा भएको पत्थरीको शल्यक्रियापछि स्वदेश फर्किएका हुन ।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले दुई वटा शल्यक्रिया एकै पटक गरेपछि आफू स्वस्थ भएको र अब देश, जनता र पार्टीको सेवामा अझ सक्रियतापूर्वक लाग्ने बताए ।

उपचारका क्रममा वरिष्ठ नेता खनालले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख तथा सिचुवान प्रान्तका प्रमुखसँग पनि भेटघाट भएको बताए ।