Logo २६ जेष्ठ २०८३, मंगलबार | Wed Jun 10 2026


वेस्ट बैंकमा इजरायली सेनाद्वारा एक प्यालेस्टाइनीको हत्या


442
Shares

काठमाडौं । इजरायली सेनाले वेस्ट बैंकमा एक जना प्यालेस्टाइनीको हत्या गरेको छ । इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकमा सेनालाई आक्रमण गर्न खोज्ने प्यालेस्टाइनी नागरिकको कारवाहीमा मृत्यु भएको सेनाले दावी गरेको छ । इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकको सार्वजनकि स्थलमा छुरा प्रहार गर्न खोज्ने ती युवाको सेनाको गोली लागेर मृत्यु भएको हो ।

अधिकारीहरुका अनुसार ती युवाले सेनामाथि आक्रमणको प्रयास गरेपछि भएको कारवाहीमा मृत्यु भएको हो । सन् २०१४ मा इजरायलसँग प्यालेस्टाइनी राज्य स्थापना गर्ने बारे अमेरिकाले प्रस्ताव गरेको वार्ता असफल भएसँगै वेस्ट बैंकमा छिटफुट हिंसाका घटनाहरु हुन थालेका हुन्, तर पछिल्ला केही सातायता हिंसाका घटना बढ्न थालेको भन्दै अन्तर्राष्ट्रिय मानव धिकारवादी संघ संस्थाहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

इजरायलले सन् १९६७ मा वेस्ट बैंक कब्जा गरेसँगै हिंसा सुरु भएको हो । करिब ६ लाख यहुदीहरुको जनसंख्या रहेको सो क्षेत्रमा १३० भन्दा बढी बस्ती रहेको बताइएको छ ।