यू-१९ एसिया कपको उपाधि भारतलाई « Image Khabar


यू-१९ एसिया कपको उपाधि भारतलाई


182
Shares

काठमाडौं । भारतले १९ वर्ष मुनिको एसिया कप क्रिकेटको उपाधि जितेको छ । दुबईमा हिजो भएको फाइनल खेलमा श्रीलंकालाई नौ विकेटले हराउँदै भारतले उपाधि जितेको हो । वर्षाले प्रभावित खेलमा भारतीय टोलीले जितका लागि ३८ ओभरमा एक सय दुई रनको लक्ष्य पाएको थियो । भारतका लागि आंकिश रघुवंशीले ५६ र शैक रशीदले ३१ रन बनाए ।

यसअघि श्रीलंकाले टस जितेर पहिले ब्याटिङ गर्दै ३८ ओभरमा नौ विकेट गुमाएर एक सय ६ रन बनायो । तर डकवर्थ लुइस नियमको आधारमा भारतले ३८ ओभरमा एक सय दुई रनको पाएको थियो । श्रीलंकाका लागि यसुरु रोड्रिगोले १९ र रविन डी सिल्भाले १५ रन बनाए । बलिङतर्फ भारतका विक्की बस्तलले तीन र कौशल ताम्बेले दुई विकेट लिए ।

योसँगै भारत १९ वर्ष मुनिको एसिया कपमा आठौं पटक विजेता बनेको हो ।