विद्युत् चोरीको आरोपमा वडाध्यक्षसहित २१ जना समातिए • Image Khabar Image Khabar


विद्युत् चोरीको आरोपमा वडाध्यक्षसहित २१ जना समातिए


Imagekhabar
१ असार २०७५, शुक्रबार ०५:०६

विद्युत् चोरीको आरोपमा वडाध्यक्षसहित २१ जना समातिए

राजविराज, असार १ । सप्तरीमा जारी रहेको विद्युत् हुकिङ नियन्त्रण अभियानअन्तर्गत् तिरुहत गाउँपालिकाबाट वडाध्यक्षसहित २१ जनालाई शुक्रबार पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरी र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजको संयुक्त अनुगमन टोलीले जिल्लाको तिरुहत गाउँपालिका–५ का वडाध्यक्ष रमानन्द चौधरीसहित २१ जनालाई विद्युत् चोरी गरेको आरोपमा पक्राउ गरिएको विद्युत् प्राधिकरण राजविराजले जनाएको छ ।

पक्राउ परेका वडाध्यक्षसहितको नाम जिल्ला प्रहरी कार्यालय सप्तरी र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले संयुक्तरुपमा तयार गरिएको मुचुल्कामा उल्लेख गरिएको छ ।

विद्युत्को पोलमा सीधै हुकिङ गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्राधिकरणका सप्तरी प्रमुख चन्द्रनारायण साहले बताए ।

पक्राउ परेका उनीहरुको साथबाट दुईथान पानी तान्ने मोटर, दुईथान एलएडी टेलिभिजन, एकथान पंखालगायतका सामान बरामद गरिएको प्रमुख साहले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्