सडकमा व्यवसाय गर्नेका लागि जाडो थप कष्टकर « Image Khabar


सडकमा व्यवसाय गर्नेका लागि जाडो थप कष्टकर


195
Shares

काठमाडौं, पुष १५ । झरिपछिको हिमपातले केही दिनयता चिसो बढेको छ । जाडो बढेसँगै उपत्यकाबासीको जनजीवनमा प्रभाव परेको छ । दिनभरि काम गरेर हातमुख जोर्नेहरुका लागि जाडो थप कष्टकर बनेको छ । यद्यपि चिसोबाट बच्नुपर्ने र काम पनि सँगसँगै गर्नुपर्ने दोहोरो दबाबमा उनीहरु छन् ।

ओहो कस्तो जाडो, केही दिनयता हरेकका मुखमा यही झुण्डिने गरेको छ । हुनपनि जाडोका कारण हुनेखाने बर्गका असहज नभएपनि हुँदा खानेका लागि दैनिकी कठिन बनेको छ । सडकमा साना व्यवसाय गरेर घरधन्दा चलाउनेहरु मुस्किलमा छन् । जाडोका कारण ग्राहक नै नभेटेपछि ज्यान जोखिममा पारेर सडकमा निस्कनुको पीडाबाट आजित देखिन्छन । झरी बादल, गर्मी भन्ने छूट उनीहरुलाई छैन ।

चिसो भगाउनुसँगै काम फत्ते गर्नु छ । कतिपयले तातो चियालाई जाडोको ओखती बनाउएका छन् । चिया पसलमा भेला भएर गफगाफमा मस्त उनीहरु राजनीतिक, आर्थिक, सामाजिक हरेक विषयमा बहस गरिरहेका छन । चिसोबाट बच्न न्यानो कपडा सँगसँगै शारीरिक श्रम पनि आवश्यक रहेको कतिपयको बुझाई छ ।

गत वर्षभन्दा यसवर्ष चिसो बढेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चिकित्सकहरुले चिसोको गम्भीर प्रभाव स्वास्थ्यमा पर्ने भएकाले सचेत रही काम गर्न सचेत गराएका छन् ।