सेनाले हिउँ हटाएपछि दशरथचन्द राजमार्ग सुचारु « Image Khabar


सेनाले हिउँ हटाएपछि दशरथचन्द राजमार्ग सुचारु


1.274k
Shares

बैतडी । बैतडीको दशरथचन्द राजमार्गमा जमेको हिउँ नेपाली सेनाले पन्छाएर सडक खुलाएको छ । सेनाको हनुमानध्वज गुल्मका उपसेनानी बालाराम बुढाथोकी नेतृत्वको टोलीले देहिमाडौं, कठपते, सतबाँझलगायतका क्षेत्रको हिउँ हटाएको हो ।

हिमपातका कारण उक्त सडक हिजोदेखि अवरुद्ध रहेको थियो ।

कठपतेमा रहेको टेलिकमको टावर आसपास जमेको हिउँ पनि हटाएको छ । हिउँ हटाएकाले विद्युत, इन्टरनेट, सञ्चार सेवा सुचारु गर्न सहज हुने छ ।

यसैगरी, जयपृथ्वी राजमार्गको हिउँ पनि पन्छाएर सडक खुलाइएको बैतडी प्रहरीले जनाएको छ ।