Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


जलेको अवस्थामा पुरुषको शव फेला


0
Shares

झापा, माघ २१ । झापाको चारपाने–२ मा एकजना पुरुषको जलेको अवस्थामा शव फेलापरेको छ ।

चारपानेचोकदेखि २०० मिटर दक्षिणमा जलेको अवस्थामा पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतकको पहिचान हुनसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्ण कोइरालाले ढुंगाले हानेर घाइते बनाइएका युवकलाई परालको कुन्युमा आगो लगाएर हत्या गरिएको हुनसक्ने बताए ।

स्थानीय एक व्यक्ति हराइरहेकाले मृतक तिनै व्यक्ति हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उनी सटर भाडामा लिएर बस्दै आएका थिए ।

घटनास्थलमा सटरको चाबीसमेत भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।