Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


न्यायका लागि गंगामाया राष्ट्रसंघ कार्यालयमा, अन्यायलाई अन्तर्राष्ट्रिकरण गर्न माग


0
Shares

काठमाडौ । सरकारले न्याय नदिएको भन्दै गंगामाया अधिकारीले नेपालस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयमा पुगेर न्यायका लागि सहयोगको अपील गरेकी छन् ।

अधिकारीले आज(मंगलबार) नेपालस्थित संयुक्त राष्ट्रसंघका आवसीय प्रतिनिधि जुलियाड भ्यालरीलाई भेटेर राज्यले आफ्नो परिवारलाई न्याय दिन नसकेको भन्दै आफूले भोगेको अन्यायलाई अन्तर्राष्ट्रिकरण गर्न सहयोग गरिदिन अपील गरिन् ।

न्यायका लागि आफ्नो संघर्ष जारी रहको पनि गंगामायाले बताइन् ।

आवासीय प्रतिनिधि भ्यालरीले गंगामायाले लामो समयदेखि न्याय पाउन नसकेको भन्दै गंगामाया अधिकारीको मागलाई गम्भिरतापूर्वक लिन नेपाल सरकारको ध्यानाकर्षण गरिन् ।

उनले मानवअधिकारको गम्भीर उन्लंघन गर्नेलाई कुनै हालतमा पनि छुट दिन नहुने बताए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संक्रमणकालिन न्यायको प्रकृया विश्वसनीय ढंगले अघि नवढेको बताए ।

गंगामाया अधिकारीले छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारवाही गर्न माग गर्दै आएकी छन् ।