गुल्मी । परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले एमसीसीको ‘फुलफम’ थाहा नभएकाहरुले ठूलो भ्रम फैलाएको बताएका छन् ।
उनले एमसीसीका बिषयमा सूचना र ज्ञानको अभावका कारण जिम्मेवार नेताले समेत जनतामा गलत सन्देश पुराएको बताए ।
प्रेस संगठन गुल्मीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ज्ञवालीले एमसीसी चुइगम जस्तै भएकाले जति चपाए पनी पछीसम्म रस आए जस्तै यसको महत्त्व दीर्घकालीन भएको बताए ।
आफुहरु अध्ययनकै क्रममा रहेकाले छिमेकी मित्र राष्ट्रबीचको सम्बन्ध नबिग्रने गरेर एमसीसी अगाडी बढ्ने ज्ञवालीले बताए ।
उनले ४९ देशमा यो लागू भएकाले इन्टरनेटको दुनियाँमा एमसीसी नौलो नभएकोले अध्ययन गर्न आग्रह गरे ।









प्रतिक्रिया दिनुहोस्