बन्दिपुर सडक खाना महोत्सव हुने « Image Khabar


बन्दिपुर सडक खाना महोत्सव हुने


247
Shares

बन्दिपुर । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । नयाँ वर्षको अवसरमा यहि पुष १६ र १७ गते बन्दीपुरमा दुई दिने सडक खाना महोत्सवको आयोजना गरिएको हो । क्षेत्रीय होटेल संघ, पर्यटन विकास समिति र उद्योग वाणिज्य संघ बन्दीपुरले पत्रकार सम्मेलन गरी महोत्सव गर्न लागेको जानकारी गराएको हो ।

महोत्सवमा स्थानीय खानाका परिकारलाई प्राथमिकतामा राखिएको छ । सडकमै आउँ सडकमै रमाऔ भन्ने उद्देश्यले गरिएको महोत्सवमा आन्तरिक तथा बाह्य गरी भण्डै दश हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । बन्दीपुरको पर्यटन क्षेत्रलाई सघाउ पुग्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष विपीन प्रधानले जानकारी दिनुभयो ।