Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


चुरे वन क्षेत्रमा अबैध फडानी र चोरी निकासी बढ्यो


0
Shares

सिन्धुली । डिभिजन वन कार्यालय अन्तर्गत रानीवास सव डिभिजन कार्यालयका कर्मचारीको बेवास्ताका कारण सिन्धुली जिल्लाको चुरे वन क्षेत्रमा अबैध फडानी र चोरी निकासी बढेको छ ।

साल जातको बहुमुल्य काठ रहेको रानिवास क्षेत्रको चुरे पहाड जंगलमा सिन्धुली र धनुषा जिल्लाका वन माफियाहरुले अबैध कटानी र चोरी निकासीले गर्दा चुरे वन क्षेत्र नै दिन दिनै विनास हुँदै जान थालेको हो ।

डिभिजन वन र सव डिभिजन वन कर्यालयका कर्मचारीहरुले अबैध फडानी र चोरी निकासी नियन्त्रण गर्नकालागि नियमित रात्री गस्ती र अनुगमनको कार्य हुन नक्दा चोरी निकासी फस्टाउँदै गएको हो ।