 
	    नवलपरासी, पुष १३ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदको अवरोध हटाउन एमालेलाई आग्रह गर्नुभएको छ ।
जसपा पश्चिम नवलपरासीले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले संसदको अवरोध हटाएर नागरिकता विधेयक पास गर्न एमालेलाई आग्रह गर्नुभएको हो ।
नागरिकता विधेयक पास हुन नसक्दा जन्मसिद्ध नागरिकका सन्ततीले नागरिकता पाउन नसकेको उहाँको भनाई छ । विगतको ओली सरकारले गरेको गल्ती अहिलेको गठबन्धन सरकारले व्यहोर्नु परेको भन्दै त्यसलाई क्रमशः सुधार्दै लैजाने अध्यक्ष यादवको भनाई थियो ।
राजनीतिक अस्थिरता र भ्रष्टचार हटाउन संसदिय प्रणाली र निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक रहेको उहाँको जिकिर छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्