२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


सुर्खेतमा सिटी हल निर्माणको काम अलपत्र


65
Shares

सुर्खेत, पुष १३ । सुर्खेतको वीरेन्द्रनगर बुद्धपथमा निर्माण भइरहेको सिटी हलको दोस्रो चरणको काम सुरु हुन सकेको छैन् ।

पहिलो चरणको काम २३ करोड रुपैयाँको लागतमा सम्पन्न भए पनि रकम अभावले दोस्रो चरणको काम अलपत्र परेको छ ।

बहुउद्देश्यीय सभाहल, बैठक कक्ष र पर्खाल निर्माण प्रभावित भएको छ । ७ सय ८० जना अट्ने क्षमताको सभाहल, १ सय ५० व्यक्ति अट्ने दुुईवटा बैठक कक्ष निर्माण भइसकेका छन् ।

कोरोनाले निर्माण कार्य ढिला भएकोे बताइएको छ । सम्झौताको म्याद तीन वर्ष भए पनि अरु डेढ वर्ष म्याद थप गरेर पहिलो चरणको निर्माण सम्पन्न गरिएको हो ।

व्यवसायीले आफ्नो जिम्मामा भएको पहिलो चरणको काम सकिएको र सरकारलाई हस्तारण गर्ने निमार्ण व्यवसायी भरत प्रसाद सुवेदीले बताउनुभयो ।

दोस्रो चरणको कामका लागि करिब ६ करोड रुपैया लाग्ने बताइएको छ ।