Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


भारत सरकारद्वारा मदर टेरेसा च्यारिटी संस्थालाई विदेशी अनुदान लिन प्रतिबन्ध


598
Shares

एजेन्सी । भारतको ‘मदर टेरेसा च्यारिटी’ ले अबदेखि विदेशी सहयता लिन नपाउने भएको छ ।

इसाइ नन मदर टेरेसाद्वारा स्थापित परोपकारी संस्थाले पछिल्लो समय इसाई धर्मको प्रचार प्रसार गर्नुका साथै सर्वसाधारणलाई प्रलोभनमा पारेर धर्म परिवर्तन गराएको भन्दै भारत सरकारले बिदेशी सहायता लिनबाट उक्त संस्थालाई रोक लगाएको हो ।

साथै मदर टेरेसाको परोपकारी संस्थाको नविकरण पनि रोकिएको छ । संस्थाले नविकरणका लागि दिएको आवेदनलाई अस्विृकत गरिएको भारतको केन्द्रिय गृह मन्त्रालयले जनाएको छ ।

युरोपको तत्कालिन मेसेडोनियाबाट भारतको कोलकाता आएकी क्याथोलिक अनुयायी मदर टेरेसाले सन् १९५० मा मदर टेरेसा च्यारिटी स्थापन गर्नुभएको थियो । मानवीय कार्य र परोपकारमा योगदान पुर्याएको भन्दै सन् १९७९ मा उहाँलाई नोबोल शान्ति पुरस्कार पनि दिइएको थियो ।