४ आश्विन २०८०, बिहिबार | Thu Sep 21 2023


अब ३५ नआए फेल !


650
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ व्यवस्था कार्यन्वयनमा ल्याएको छ।

केन्द्रले चालु शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याएको ‘लेटर ग्रेडिङ निर्देशिका, ०७८ले विद्यालय तहको कक्षा १–१२ सम्मका विद्यार्थीहरू अब परीक्षमा उत्तीर्ण हुन प्रत्येक विषयमा ३५ नम्बर अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरेको ०७२ सालदेखि कार्यन्वयनमा ल्याएको ग्रेडिङ प्रणालीले विद्यार्थीको सिकाइस्तर खस्काएको, शिक्षकमा पढाउने र विद्यार्थीको अध्ययन गर्ने संस्कृति हटाएको निष्कर्ष निकाल्दै पाठ्यक्रम विकास केन्द्रले अक्षराङ्कका पद्धति कार्यान्वयन कार्यविधि, ०७२ खारेजी गरी नयाँ लेटर ग्रेडिङ निर्देशिका, ०७८ कार्यन्वयनमा ल्याएको केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले बताए।

नयाँ व्यवस्थाअनुसार अब विद्यार्थीको मूल्यांकन कक्षा १ देखि १२ सम्म एकरूपता कायम गरेको उनले जनाए। आठवटा श्रेणीमा वर्गीकृत ग्रेडिङ प्रणालीमा ९० र सो भन्दामाथि अंक प्राप्त गर्नेले स्तरीकृत अंक ४।० प्राप्त गर्नेछन् भने अक्षरमा ए प्लस र उपलब्धिस्तर सर्वोत्तम कायम हुनेछ।

नागरिक