Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


रसुवागढीमा निर्माण भइरहेको एकीकृत जाँच चौकी निर्माणमा ढिलाई


52
Shares

रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा निर्माण भइरहेको एकीकृत जाँच चौकी (आइसिपी) भवनको कामले गति लिन नसक्दा निमार्णको काम करिब पचास प्रतिशत मात्र सकिएको छ ।

निर्माण सुरु भएको तीन वर्षमा पचास प्रतिशत काम सकिएको हो । २०७५ पुसदेखि निर्माण सुरु भए पनि काम नसकिँदा पहिलो पटक निमार्णको समयावधि नौ महिना थप गरि काम गरिएकोमा कामले गति लिन नसक्दा दोस्रो पटक पनि समयावधि थप गरि काम अगाडि बढाइएको सघन सहरी तथा भवन निर्माण आयोजनाले जनाएको छ ।

कानुनी प्रक्रिया, ट्रान्सफर्मरको व्यवस्थापनमा ढिलाई, निर्माण सामग्रीको अभाव, कामदारको अभाव, नाकामा डाइभर्सन पुल निर्माण लगायतका कारण कामले गति लिन नसकेको आयोजनाको भनाइ छ । भवन निर्माणका लागि करिब ६२ करोड खर्च हुने रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद मैनालीले जानकारी दिनुभयो ।