 
	    एजेन्सी । अफगानिस्तानका महिलाहरुलाई एक्लै लामो दुरीको यात्रा गर्न प्रतिबन्ध लगाइएको छ । तालीवान सरकारले एक उर्दी जारी गर्दै कुनै पनि महिलाले मध्यम र लामो दुरीको यात्रा गर्दा नातेदार पुरुष साथमा हुनुपर्ने भनिएको छ ।
तालीवानले सम्बन्धित मन्त्रालयलाई यो नियम तत्काल लागु गर्न निर्देशन दिंदै ७२ किलोमिटर भन्दा बढी दुरीको यात्रामा महिलाले एक्लै यात्रा गर्न नपाउने जनाएको छ ।
यस्तै कुनै पनि गाडीमा गीत संगीत बजाउन नपाइने नियम पनि लागु गरेकोे छ । यसअघि उनीहरुले टेलिभिजन च्यानलहरुलाई निर्देशन दिंदै टेलिश्रंखला र नाटक प्रदर्शनमा रोक लगाएका थिए । तालीवानको पछिल्लो उर्दीप्रति पनि अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्