माओवादी केन्द्रको महाधिवेशनमा एमाले अध्यक्ष ओली सहभागी नहुने « Image Khabar


माओवादी केन्द्रको महाधिवेशनमा एमाले अध्यक्ष ओली सहभागी नहुने


78
Shares

काठमाडौं । आजबाट हुरु हुने नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नबन्ने हुनुभएको छ ।

माओवादीको पहिलो राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत भएपछि उसले बिभिन्न दलका शीर्ष नेताहरुलाई उद्घाटन सत्रमा अतिथिका रुपमा बोलाउने निर्णय गरेको थियो । ओली गृह जिल्ला झापामा रहेका कारण अनुपश्थित हुनुहुने भएको हो । माओवादीको महाधिवेशनमा अन्य राजनीतिक दलका शीर्ष नेताहरु भने सहभागी हुनेछन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल,जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु महाधिवेशनमा सहभागी हुनुहुने माओवादी केन्द्रका एक नेताले इमेजखबरलाई जानकारी दिए । एमालेका तर्फबाट भो महासचिव शंकर पोखरेल वा अरु कोही नेता सहभागी हुने संभावना रहेको ती नेताले बताए । महाधिवेशनको उद्घाटन आज दिउँसो ३ बजे हुनेछ ।