१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


नोभाक जोकोभिचले जिते अष्ट्रेलियन ओपनको उपाधि


0
Shares

एजेन्सी । वर्षको पहिलो ग्राण्डस्लाम टेनिस प्रतियोगिता अष्ट्रेलियन ओपनको उपाधि नोभाक जोकोभिचले जितेका छन् ।

मेलबर्नमा भएको फाइनल खेलमा अष्ट्रियाका डोमिनिक थिमलाई पराजित गर्दै सर्बियन टेनिस स्टार जोकोभिच च्याम्पियन बनेका हुन् ।

पाँचौं वरियताका थिमविरुद्धको खेल दोस्रो वरियताका जोकोभिचले ६–४, ४–६, २–६, ६–३ र ६–४ को सेटमा जिते ।

जितसँगै जोकोभिचले आठौं पटक अष्ट्रेलियन ओपन तथा समग्रमा १७ औं ग्राण्डस्लाम जित्न सफल भए । उनीभन्दा अघि रफाइल नाडाल र रोजर फेडेरर रहेका छन् ।

फेडेररले ऐतिहासिक २० वटा ग्रान्ड स्लाम उपाधि जितेका छन् भने नदालको नाममा १९ वटा ग्राण्ड स्लाम टेनिसको उपाधि रहेको छ ।