टिकटक स्टार स्वभिमान सुवेदीको ‘खुसी फिर्ता दे’ सार्वजनिक « Image Khabar


टिकटक स्टार स्वभिमान सुवेदीको ‘खुसी फिर्ता दे’ सार्वजनिक


1.339k
Shares

काठमाडौं । टिकटक स्टार स्वभिमान सुवेदीको पहिलो गीत ‘खुसी फिर्ता दे’ सार्वजनिक भएको छ ।

बुधबार नमस्ते प्लस युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा प्रेम र प्रेमभित्रको विछोडका भाव समेटिएको छ ।

प्रमोद खरेलको स्वरमा रहेको गीतको शब्द स्वयं सुवेदीले नै लेखेका हुन् । गीतमा संगीत कार्कीजीको छ ।

उत्कृष्ट शब्द र लयका साथ बनेको गीतको भिडियो पनि सुन्दर बनेको छ ।

विक्रम चौहानको निर्देशनमा बनेको भिडियोमा सुवेदीसँगै रविन गिरी र अश्मी ढकालको अभिनय छ । कार्की र ढकाल पनि टिकटकमा राम्रो फलोअर्स भएका कलाकार हुन् ।

प्रकाश खड्काले खिचेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।