१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सञ्चारमाध्यमले अपमान गरेः प्रधानमन्त्री ओली


0
Shares

सञ्चारमाध्यमले अपमान गरेः प्रधानमन्त्री ओली

काठमाडौं, माघ १९ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यमहरुले आफूहरुको अपमान गरेको भन्दै रोष प्रकट गरेका छन् ।

केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सञ्चारमाध्यमहरुले आफूहरुको अपमान गरेको भन्दै चित्त दुखाएका हुन् ।

आफूहरुलाई फलानो गूटको भनेर टाउका जोडेर सञ्चारमाध्यमहरुले समाचार प्रकाशित गरेको भन्दै उनले आपत्ति जनाएका हुन् ।

बैठकमा उनले आफूहरु कुनै गूटका नभई नेकपा गूटको मात्र भएको पनि प्रष्टीकरण दिए । ‘सञ्चारमाध्यमले हामीलाई अंशवण्डा गरे’ उनको भनाइ थियो ।

उनले केन्द्रीय कमिटीबाट पारित भएको राजनीतिक र सांगठनिक प्रतिवेदन इमान्दारीपूर्वक कार्यान्वयन गरिने पनि बताए ।

आफ्नो नेतृत्वको सरकारमा भ्रष्टाचार नबढेको दावी गर्दै ओलीले भ्रष्टाचार बढेको नभई भ्रष्टाचार गर्नेहरु समातिएको जिकिर पनि गरे ।

उनले सरकारका कामको प्रचार गर्न पनि केन्द्रीय सदस्यहरुलाई निर्देशन दिए ।