२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


एसएसपी यादव मृत्यु प्रकरण : श्रीमती आएपछि मात्रै शव निकालिने


4.628k
Shares

भैरहवा । संघीय प्रहरी इकाइ कार्यालय, रुपन्देहीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवको शव उनकी श्रीमती आएपछि मात्रै निकालिने भएको छ ।

यादवको श्रीमती काठमाडौंबाट केहीबेरमा भैरहवा आइपुग्ने प्रहरीले जनाएको छ । यादवका बुवाआमा भने घटनास्थल पुगिसकेका छन् ।

यादव शुक्रबार आफ्नै कार्यालयको क्वाटरमा दिउँसो पौने १ बजेतिर झुण्डिएको अवस्थामा फेला परेको रुपन्देही प्रहरीले जनाएको छ ।

घटनापछि संघीय इकाइ कार्यालय, रुपन्देहीमा सुरक्षा अधिकारी बाहेकलाई प्रवेश निषेध गरिएको छ । यादव नवलपरासी रामग्राम नगरपालिका–२ निवासी हुन् ।