
काठमाडौं, पुष ८ । बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज प्रा. लि. (बज्र ग्रुप) ले, ललितपुर स्थित ढोलाहिटीमा सोमानी ब्राण्डका सम्पूर्ण सामाग्रीहरु बिक्री वितरण गर्ने उद्देश्यले, ‘सोमानी ग्रान्डे’ शोरुम खोलेको छ ।
सोमानी सेरामिक्सका प्रमुख कार्यकारी अधिकृत अभिषेक सोमानीले बिहीबार यस शोरुमको उद्घघाटन गर्नुभएको हो ।
सोमानी सिरामिक्स भारतको सेरामिक्स उद्योगमा अग्रणीमा पर्दछ । उद्योगमा अग्रगामी र सबैका लागि पछ्याउनको लागि उच्च मापदण्ड तय गर्दै कम्पनीले सोमानी ग्रान्डे आउटलेट लन्च गरेर नेपालमा बज्र ग्रुप मार्फत आफ्नो सेवा विस्तार गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्