२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


विपन्न महिला र पुरुषलाई सीपमूलक तालिम प्रदान


351
Shares

काठमाडौं । स्वास्थ्य सेवा तथा उद्धार संघ नेपालबाट सीपमूलक तालिम लिएका झण्डै दुईसय बिपन्न महिला र पुरुष स्वरोजगार भएका छन् । हेस्रा नेपाल र हेल्पिङ ह्याण्स, काठमाडौंको सहकार्यमा २ सय विपन्न महिला र पुरुषलाई तीन महिने सीपमूलक तालिम प्रदान गरिएको थियो ।

हेस्रा नेपालले पिछडिएका तथा विपन्न समुदायका महिलालाई सिलाई–कटाई र पुरुषलाई भिडीयोग्राफी सहितको प्राविधिक तालिम प्रदान गरेपछि उनीहरु आत्मर्निभर भएका हुन् । दुर्गमका विभिन्न जिल्लाबाट विपन्न महिलाको छनौट गरी तालिम प्रदान गरिएको थियो ।

तालिम लिएपछि उनीहरुले आफैले स्वीटर, कोट, ब्लाउजलगायतका तयारी पोशाक उत्पादन गर्न थालेको संस्थाका कार्यकारी प्रमुख जिया खानले बताउनुभयो ।

हेस्रा नेपालले विगत ३४ वर्षदेखि ग्रामीण क्षेत्रको स्वास्थ्य, शिक्षा, राहत र उद्धारको क्षेत्रमा काम गरी रहेको छ । यो भन्दा अगाडि पनि हेस्रा नेपालले महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न सीपमूलक तालिम प्रदान गरेको थियो ।