काठमाडौं । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक यहि पुस १० गते शनिबार बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भएको छ ।
केन्द्रीय कार्यसमिति बैठकअघि भोलि शुक्रबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ ।
आज सबै केन्द्रीय सदस्यहरुको मतपरिणाम आइसक्ने छ । अब आदिवासी जनजाती र खसआर्यतर्फ केन्द्रीय सदस्यहरुका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।
मंसिर २४–२७ सम्म भएको कांग्रेसको १४ औं महाधिवेशनमा १३४ पदका लागि निर्वाचन भएको थियो । संघीय संरचना अनुसार तयार भएको कांग्रेसको नयाँ विधान अनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमिति बन्नेछ । जसमध्ये सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीसहित १३४ सदस्य निर्वाचित हुनेछन् भने कोषाध्यक्ष र ३३ जना थप केन्द्रीय सदस्य पनि मनोनित गर्नुपर्ने विधानमा ब्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्