Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


‘एमसीसी’को पक्ष र विपक्षमा नेकपा सदस्य


0
Shares

काठमाडौं, माघ १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय समिति बैठकमा समूहगत छलफलको निष्कर्ष बैठकमा पेस गर्नेक्रम जारी छ ।

समूहगत छलफल समाप्त भएसँगै केन्द्रीय सदस्यहरु अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को पक्ष र विपक्षमा उभिएका छन् ।

छलफलमा सहभागी केन्द्रीय सदस्य राजेन्द्र राईले एमसीसी रणनीतिक परियोजना भएकाले कार्यदल गठन गरेर निष्कर्ष निकाल्नुपर्ने बताए ।

तर, अर्को पक्ष भने एमसीसी कार्यान्वयनको पक्षमा देखिएको छ ।

बैठकमा सरकारको कामको पनि व्यापक आलोचना भएको छ ।

यसैगरी, पार्टी नेतृत्वलाई आचरण र व्यवहार सुधार्न तथा भ्रष्टाचारमा नफस्न पनि सुझाव दिइएको छ ।

बैठक शनिबार (भोलि) पनि जारी रहने छ ।