
सिन्धुली, माघ १७ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वर्तमान सरकारले देशमा अधिनायकत्व लाद्न खोजेको आरोप लगाएका छन् ।
शुक्रबार सिन्धुलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले जनतालाई राहत र सुविधा दिनुको सट्टा महँगी र भ्रष्टाचारले आक्रान्त बनाएको बताए ।
नेता शेखर कोइरालासमेत सहभागी कार्यक्रमपछि उनीहरुले आफ्ना हजुरबुवा कृष्णप्रसाद कोइरालाको पुर्ख्यौली घरकोसमेत अवलोकन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्