काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डप बजारलाई व्यवस्थित बनाउने बताउनुभएको छ ।
सोमबार काठमाडौंमा आयोजित भृकुटीमण्डप निम्न व्यापारी संघको २७ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री रेग्मीले अव्यवस्थित रूपमा रहेको भृकुटीमण्डप बजारलाई व्यवस्थित बनाउने बताउनुभएको हो ।
उहाँले भृकुटीमण्डपमा अहिले अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएकाले यसलाई व्यवस्थित बनाउँदै साना व्यापारी मैत्री क्षेत्र बनाउने योजना रहेको बताउनुभयो ।
मन्त्री रेग्मीले भृकुटीमण्डपमा धेरै समस्याहरूको भन्दै सबैलाई व्यवस्थित गर्नुपर्ने जरुरी रहेको उल्लेख गर्नुभयो ।
उहाँले भृकुटीमण्डपमा रहेका निम्न व्यवसायीले र्तिदै आएको भाडालाई वैज्ञानिक रूपमा वृद्धि गर्दै प्लास्टिकको छानोलाई परिर्वतन गर्ने काम समेत अगाडि बढाउने बताउनुभयो ।
मन्त्री रेग्मीले भृकुटीमण्डप स्टलको भाडा बढाएर व्यापारी बस्ने स्थान व्यवस्थित र सरसफाइमा समेत व्यवस्थित बनाइने बताउनुभयो ।
उहाँले बजार स्थापना भएको २७ वर्ष पुगे पनि बजारलाई व्यवस्थित गर्नु नसक्नु राम्रो नभएको बताउनुभयो । समाज कल्याण परिषद्सँग भएको सम्झौता सकिए पनि पुनः सम्झौता गर्न तयार रहेको बताउनुभयो ।
मन्त्री रेग्मीले पछिल्लो समय भृकुटीमण्डपका व्यापारीहरूले बीचबीचमा समाजकल्याण परिषद्भन्दा बाहिर सम्झौता हुने गरेको भन्दै परिषद्मा नै गएर सम्झौता गर्न व्यापारीलाई आग्रह गर्नुभयो ।
उहाँले भृकुटीमण्डपका व्यापारीको घर धनी भनेको समाज कल्याण परिषद् भएको भन्दै घर धनीलाई थाहा नदिइ सामान बेच्न नपाउने बताउनुभयो ।
कार्यक्रममा संघले मन्त्रीसँग गत मंसिर २४ गतेदेखि सकिएको सम्झौता थप गर्न आग्रह गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्