Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


२० उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस


338
Shares

काठमाडौं । बढुवा समितिको सचिवालयले २० उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस गरिएको छ ।

बढुवा समितिको आइतबार बसेको बैठकले प्रशासन सेवाका १८ र लेखापरीक्षण सेवाका २ उपसचिवको बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवाका लागि सिफारिस हुनेमा प्रशासन सेवा तर्फ दीपक घिमिरे, नारायणप्रसाद सापकोटा, बलराम निरौला, वेदप्रसाद खरेल, रुद्रप्रसाद पण्डित, मदन कोइराला, कोमलप्रसाद धमला, दिवस आचार्य, ईश्वरकुमार गिरी, श्रवणकुमार पोखरेल, रामबहादुर कुरुम्बाङ, गोपाल कुमार अधिकारी, टुवराज पोख्रेल, बासुदेव घिमिरे, उद्धवप्रसाद रिजाल, युवराज कट्टेल, ध्रुवराज पण्डित र दीपक लामिछाने रहनु भएको छ ।

यस्तै, लेखा परीक्षण सेवा तर्फ पदमप्रसाद आचार्य र शम्भुकुमार श्रेष्ठलाई बढुवा गर्न बढुवा समितिले सिफारिस गरेको छ ।

Skip This