Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


क्रिसमस पर्व मनाउने क्रममा ओमिक्राेन संक्रमण भयावह हुनसक्ने अमेरिकी विशेषज्ञको चेतावनी


156
Shares

एजेन्सी । अमेरिकी सरुवा रोग विशेषज्ञ डा.एन्थोनी फाउचीले क्रिसमस पर्व मनाउने क्रममा ओमिक्रोन भेरिएन्टले महामारीको रुप लिनसक्ने चेतावनी दिएका छन्।

ह्वाइट हाउसमा सञ्चारकर्मीहरुसंगको साक्षात्कारमा उनले कोरोना विरुद्धको खोप लगाएकाहरु पनि यो भेरिएन्टबाट अछुतो नरहने भन्दै सावधानी अपनाउन विश्व समुदायलाई समेत अपील गरे । कोरोना भाइरसबाट उत्परिवर्तन भई आएको यो नयाँ भेरिएन्ट कडा खालको भएका कारण यसले भयावह स्थिति ल्याउनसक्ने दाबी पनि उनले गरे ।

अनुसन्धानकर्ताहरुले बुस्टर डोज लगाएहरुमा संक्रमण न्युन हुने भनिरहेको बेला फाउचीले भने ओमिक्रोनको संक्रमण डरलाग्दो हुनसक्ने चेतावनी दिएकाे हो । ओमिक्रोन त्यति घातक नरहेको भन्ने दुस्प्रचारको विश्वास नगर्न भन्दै उनले अमेरिकासहित बिश्वभरका अस्पतालहरु खचाखच भरिनसक्ने बताए । यसैबीच, क्रिमसलाई ध्यान दिंदै युरोपेली मुलुकहरुले भने धमाधम निषेधाज्ञा लगाउने क्रम बढाएका छन् ।