Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


पटक-पटक विद्युत अवरूद्ध हुने समस्या समाधान गर्न सरकारकाे विशेष अभियान शुरू


0
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले पटक–पटक विद्युत अवरुद्ध (ट्रिपिङ) हुने समस्या देखिएपछि त्यसको समाधानका लागि विशेष अभियान शुरु गरेको छ ।

मन्त्रालयले वर्षायाममा बारम्बार विद्युत अवरुद्ध हुने समस्यालाई उच्च प्राथमिकतामा राख्दै समाधान अभियान सञ्चालन गरिएको जनाएकाे हो । ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठको सचिवालयले गुनासो प्राप्त हुनासाथ समाधानका लागि नेपाल विद्युत प्राधिकरणले प्राविधिक जनशक्ति र आवश्यक उपकरण चौबिसै घण्टा तयारी अवस्थामा राखेको जनाएकाे छ।

मनसुनका कारण उत्पन्न हुनसक्ने सम्भावित समस्यालाई निरुपण गरी विद्युत् सेवा नियमित र भरपर्दो बनाउन मन्त्रालयले थप सक्रियता देखाएको हाे। मन्त्रालयले विद्युत आपूर्ति सम्बन्धी कुनै गुनासो वा उजुरी भएमा उपभोक्ताले निःशुल्क हटलाइन नम्बर ११५० वा ११५१ मा सम्पर्क गर्न अनुरोध समेत गरेको छ।