प्रधानमन्त्री कप महिला क्रिकेटमा लुम्बिनी र प्रदेश-१ सेमिफाइनलमा प्रवेश « Image Khabar


प्रधानमन्त्री कप महिला क्रिकेटमा लुम्बिनी र प्रदेश-१ सेमिफाइनलमा प्रवेश


143
Shares

कैलाली, पुष ४ । लुम्बिनी प्रदेश र प्रदेश – १ धनगढीमा भइरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

समुह ए तर्र्फका आफ्ना दुवै खेलमा जित हात पार्दै लुम्बिनी र प्रदेश १ अन्तिम चारमा पुगेका हुन । प्रतियोगिताको दोस्रो दिन भएको पहिलो खेलमा लुम्बिनीले कर्णालीलाई १० विकेटले हरायो भने प्रदेश १ ले वागमतीलाई ५५ रनले पराजित ग¥यो ।

टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले हुस्सु र सितलहरका कारण ६ ओभरमा घटाइएको खेलमा १७ रन बनायो । कर्णालीले निर्धारित ६ ओभरमा ३ विकेट क्षतिमा १७ रन बनायो । कर्णालीले दिएको १८ रनको लक्ष्य लुम्बिनीले विना विकेटको क्षतिमा पुरा गर्यो । खेलमा दुई विकेट लिएकी लुम्बिनी प्रदेशकी सुस्मिता भुषाल प्लयर अफ द म्याच भइन ।

प्रदेश १ ले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय १४ रनको योगफल खडा गर्यो । प्रदेश १ का लागि अप्सरी वेगमले अविजित अर्धशतकीय पारी खेलिन् । अप्सरीले ६२ बलमा ५१ रन बनाइन् । त्यस्तै स्मृति कटुवालले २० र सबनभ राईले १५ रन बनाईन् ।

बागमति प्रदेशकी अस्मिना कर्माचार्य र खुशी डंगोलले समान दुई विकेट लिइन् । जवाफमा बागमती प्रदेश २० ओभरमा आठ विकेट गुमाउँदा ५९ रनमा रोकियो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।