Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


महिला फुटबलमा नेपालले आज भारतविरुद्ध प्रतिस्पर्धा गर्दै, आजको खेल जिते नेपाल फाइनलमा जाने


871
Shares

एजेन्सी । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भारतको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ ।

भारतविरुद्ध मैदानमा उत्रदा नेपाल जितको खोजीमा हुनेछ । नेपाल भारतलाई हराएर फाइनल पुग्ने योजनामा रहेको छ । नेपालले ३ खेलमा २ जितसहित ७ अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा रहेको छ । भारत ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

भारत पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ । राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिम फाइनलमा पुग्नेछन् । नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६–० ले पराजित गरेको थियो ।

तेस्रो खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो । भारतले पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा भुटानलाई हराएको थियो । तेस्रो खेलमा भारत बंगलादेशसँग पराजित भएको थियो ।