
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको परिर्वतन र विकासका लागि राप्रपा पहिलो शक्तिका रूपमा उदय हुने दावी गर्नुभएको छ ।
राप्रपाले शनिबार झापामा आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा उहाँले राप्रपा अब अग्रणी शक्तिको रूपमा स्थापित भएर जाने दाबी गर्नुभयो ।
उहाँले आफू कांग्रेस र कम्युनिष्टलाई मिलाएर हिँड्न सक्ने मान्छे भएकाले राप्रपाका कार्यकर्ताले चिन्तै लिनु नपर्ने बताउनुभयो ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेकाहरूलाई स्वागत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्