Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


प्रधानमन्त्रीद्वारा सहिदप्रति श्रद्धाञ्जलि अर्पण


0
Shares

काठमाडौं, माघ १६ । सहिद दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

बिहीबार सहिद सप्ताह मूल समारोह समितिले काठमाडौंको लैनचौरस्थित सहिदपार्कमा गरेको कार्यक्रममा सहिदप्रति पुष्पगुच्छा अर्पण गरी प्रधानमन्त्री ओलीले श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्षलगायतको सहभागिता थियो ।

त्यसअघि, सहिदहरुको सम्मानमा बिहीबार बिहान रत्नपार्कको शान्तिबाटिकाबाट लैनचौरस्थित सहिद स्मारकसम्म प्रभातफेरी गरिएको थियो ।