खाना खाने बित्तिकै योग नगरौ, यस्ता छन् ध्यान दिनु पर्ने कुराहरु « Image Khabar


खाना खाने बित्तिकै योग नगरौ, यस्ता छन् ध्यान दिनु पर्ने कुराहरु


845
Shares

चन्द्र कटुवाल

काठमाडौ । योगले शारीरिक, मानसिक, आत्मिक, आध्यत्मिक तथा भावनात्मक स्वास्थ्यमा योगदान दिन्छ । यो त भयो फाईदा । तर सहि तरिकाले योग गरिएन भने फाईदाको साटो नराम्रो असर पार्न सक्छ । योग शिक्षक सबैथोक हैन । त्यसैले नजानेको कुरा बिज्ञसंग सल्लाह गर्नु पर्छ । सिक्न भन्दा सिकाउन हतार हुन्छ । त्यसैले भनिन्छ “कच्चा बैद्यको मात्रा, यमपुरीको यात्रा” । यदि सिकाउन योग्य छैन भने त्यसको असर सिकारुलाई पर्छ । यदि बिधि सम्मत गरिएन भने तत्कालै व्यक्तिको मृत्यु पनि हुन सक्छ । सर्वप्रथम त योग शिक्षकमा शरीर रचना तथा क्रिया बिज्ञान अर्थात एनाटोमि र फिजीयोलोजीको ज्ञान जरुरी छ । योग शिक्षकले पनि योगासन सिकाउनु भन्दा पहिले निम्न कुरामा ध्यान दिनु पर्दछ ।

योग आशन सुरु गर्नुभन्दा पहिले ध्यानदिनु पर्ने कुराहरु :
१. आसन गर्दा सरलबाट जटिल तिर जाने। अर्थात कडा आशनहरु गर्नु पूर्व सूक्ष्म ब्यायाम तथा सरल आसनहरु गर्ने ।
२.आसनको अभ्यास नै शारीरिक, मानसिक, आध्यात्मिक, मनोबैज्ञानिक तथा भावनात्मक सन्तुलन भएको हुँदा हरेक कार्यमा आफु भएको महशुस गर्ने अर्थात सचेतनाका साथ गर्ने ।
३. श्वासप्रश्वासमा ध्यानदिने । अर्थात नाकले मात्र श्वास लिने र फ्याक्ने ।
४.बीच बीचमा बिश्राम लिने । किनभने शरीरलाई स्टिमुलेसन र रिल्याक्सेसन दुबै चाहिन्छ ।
५.बिपरित आशन हरु जस्तै अगाडि झुक्ने आशन गर्नु छ भने पछाडि झुक्ने पनि गराउने । योग सन्तुलन हो । जथाभावि गर्दा शरीरमा हानि हुन सक्छ ।
६.योग अभ्यासको सबैभन्दा उपयुक्त समय बिहानको समयलाई मानिन्छ । तथापि कुनै पनि समयमा अभ्यास गर्न सकिन्छ । तर भोजन लगत्तै गर्नु हुँदैन ।
७. वातावरण अनुकुलको कोठा तथा खुल्ला वातावरण उपयुक्त हुन्छ । यद्यपि बाहिर पनि गर्न सकिन्छ ,तर वातावरण रमणीय तथा शान्त हुनुपर्छ ।
८. शरीरलाई सहज हुनेखालका पहिरन, योगम्याट, गुन्द्री तथा अन्य उपयुक्त सामाग्रीको बन्दोबस्त हुनुपर्दछ । आशन अभ्यास गर्नुभन्दा पहिला हल्का चिसोपानीले नुहाउनु राम्रो हुन्छ ।
९ .पेट तथा ब्लाडर खालि हुनु पर्छ ।
१०. आशनहरु जबरजस्ती नगर्ने । यसको मतलव जानिसकेको र गर्न सकिनेलाई भने जोसका साथ गर्न सकिन्छ ।
१२. हरेक आशनहरु विधिअनुसार गर्ने ।
१३. लामो समय घामतापेर योग नगर्ने। किनभने त्यतिखेर शरिरमा अत्यधिक गर्मी हुन्छ ।
१४. उमेर समूहलाई ध्यान दिने । योग थेरापिस्ट वा बिज्ञको सल्लाह अनुसार योग गर्ने ।
१५.विधिलाई पछ्याउने बैज्ञानिकतालाई आधार मानेर ।
१६. यदि कुनै आसनले अत्यधिक पिडा भयो भने त्यसलाई तुरुन्तै बन्द गर्नु पर्दछ ।

तनाव व्यवस्थापन मा प्रयोग गरिने योगासन :

तैत्तिरियोपनिषद्का अनुसार हाम्रो शरीर लाई पाँच भागमा बाँडिएको छ ।
१. अन्नमय शरीर,यो हाम्रो शारीरिक शरीर अर्थात फिजिकल बडि ।
२. प्राणमय शरीर, यसमा स्वासक्रिया तथा प्राणायाम गरिन्छ ।
३. मनोमय शरीर,मनलाई प्रशन्न राख्नको लागि भजन कीर्तन तथा ध्यान गरिन्छ ।
४. बिज्ञानमय शरीर, यसलाई सन्तुलन राख्नको लागि ज्ञान बिवेचना,योगिक मनोपरामर्श आदि गरिन्छ ।
५.आनन्दमय शरीर, यसलाई प्रसन्न राख्नको लागि कर्म योग, दान दिने, सेवा गर्ने
आदि गरिन्छ । यी सबै शरीरको एक अर्कासंग गहिरो सम्वन्ध रहेको छ । एकले अर्कोलाई प्रत्यक्ष असर गरेको हुन्छ ।

यी सबैको छुट्टै खालको पद्दति रहेको छ । यी पाँचैवटा शरीरको उपचार गर्ने पद्दति नै एकिकृत योग थेरापी हो । यो मोडल अनुसार रोग लाग्नु भनेको मनमा कुनै गड्बडी भएमा त्यसले प्राणमय शरीरमा र फेरि प्राणमय शरीरले अन्नमय शरीरमा असर गर्छ र शरीरमा रोग देखा पर्दछ । अर्थात हामी रोग लाग्यो भने केवल शरीरको मात्र उपचार गर्छाै । तर त्यसको गहिरो सम्बन्ध अन्य शरीरहरुसंग पनि रहेको हुन्छ ।

तनाव व्यवस्थापनमा लाभदायक आशन:

पश्चिमोत्तानासन:

यो आसन सुरु गर्नुभन्दा पहिले हल्का सुक्ष्म व्यायम गर्नु पर्दछ । त्यसपछि एल आकारमा बस्ने । बिस्तारै दुबैहात माथि लैजाने । स्वास भर्दै दुबै हात सिधा पार्ने । पुरा शरीर तनक्क तन्किने । विस्तारै स्वास छोड्दै अगाडि तर्फ झुक्ने । दुबै चोरी औलाले दुबै खुट्टाको बुढी औला समात्ने र बिस्तारै कुहिनाले जमिन छुने कोशिस गर्ने । घुँडा सिधा पार्ने ।

नसा च्यापिएको । ढाड कम्मरका बिरामी तथा अन्य जटिल समस्या भएका गर्भवति तथा रजस्वला भएकाले भने बिज्ञको सल्ला बमोजिम मात्र गर्ने ।

फाईदा : शरीरलाई लचक बनाउँछ, चिन्ता तथा तनाव कम गर्छ, पाचनशक्ति बलियो पार्छ, निद्रा लाग्छ,मोटोपन घटाउछ । त्यसकारण योग गर्दा ध्यानपूर्वक र शरीरलाई सहज हुनेगरी गर्नुपर्छ ।