काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटिको बैठकमा आजबाट समुहगत छलफल सुरु हुँदैछ ।
केन्द्रिय कमिटीका ४ सय ४१ जनालाई १५ समुहमा विभाजन गरिएको छ । यी समुहलाई छलफल गर्न राष्ट्रिय सभागृह, पार्टी मुख्यालय धुम्बाराही र पेरिस डाँडा तोकिएको छ ।
हिजो सुरु भएको केन्द्रिय कमिटी बैठकमा अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रतिवेदनमा सदस्यहरुले आ–आफ्नो धारणा राख्नेछन् । प्रतिवेदनहरुमाथि समूहगत् छलफल गरी समूहको नेताले धारणा राख्ने गरी समूह बनाइएको छ ।
केन्द्रिय कमिटिको बैठक आगामी आइतवारसम्म चल्नेछ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकिकरण भएपछि दोस्रो पटक केन्द्रीय कमिटीको पूर्ण बैठक बसेको हो ।









प्रतिक्रिया दिनुहोस्