२६ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 9 2023


सभापतिको निर्वाचनमा प्राप्त ४० प्रतिशत मतले भावविभोर भएको छु : डा.कोइराला


2.925k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले सभापतिको निर्वाचनमा प्राप्त ४० प्रतिशत मतले आफू भावविभोर भएको बताउनु भएको छ । कांग्रेस परिवर्तनको पक्षमा उभिने मतपरिणामबाट धेरै उत्साही र धेरै हतोत्साही नहुने उल्लेख गर्दै सभापतिमा निर्वाचित भएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई र शुभकामना दिनु भएको छ ।

कोइरालाले देउवाको सभापतिको दोस्रो कार्यकालमा कांग्रेसको गौरव पुनर्स्थापित हुने विश्वास पनि व्यक्त गर्नु भएको छ । सभापतिको निर्वाचनको मतपरिणाम आएको तेस्रो दिनपछि कोइरालाले देउवालाई बधाई दिनु भएको हो ।
कोइरालाको विज्ञप्तिसहित