Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


सत्तारुढ नेकपाको एकता महाधिवेशन २०७७ चैतमा गर्ने प्रस्ताव


0
Shares

काठमाडौं, माघ १५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता महाधिवेशन २०७७ साल चैत २५ देखि ३० गतेसम्म गर्ने प्रस्ताव गरिएको छ ।

काठमाडौंको राष्ट्रिय सभागृहमा बुधबारदेखि सुरु भएको केन्द्रीय समितिको पूर्ण बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको पार्टीको राजनीतिक प्रतिवेदनमा यस्तो प्रस्ताव गरिएको हो ।

पार्टी एकीकरणको २० महिनापछि दोस्रोपटक पूर्ण बैठक बसेको हो ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकतापछिको एजेन्डा तय भएपछि बैठक बसेको हो ।

४४१ सदस्य रहेको ‘जम्बो’ केन्द्रीय समितिको बैठकका लागि पार्टी कार्यालयमा पर्याप्त ठाउँ नभएपछि राष्ट्रिय सभागृहमा बैठक बसेको हो ।

बैठकमा केन्द्रीय समिति र आमन्त्रित स्थायी समिति सदस्यहरु सहभागी छन् ।

आउँदो आइतबारसम्म चल्ने बैठकमा केन्द्रीय सदस्यहरुले खुलारुपमा छलफल गर्न पाउने बताइएको छ ।

यसअघि, गएको मंसिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी समिति बैठकले एकीकरणको काम पूरा गरेसँगै केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको थियो ।