आफ्नो जिम्मेवारी इमानका साथ पूरा गर्ने सभामुख सापकोटाको प्रतिवद्धता « Image Khabar


आफ्नो जिम्मेवारी इमानका साथ पूरा गर्ने सभामुख सापकोटाको प्रतिवद्धता


169
Shares

काठमाडौं, मंसिर २८ । सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने बताउनुभएको छ ।

संघीय संसद सेवा दिवसको अवसरमा संघीय संसद सचिवालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले सभामुखको रुपमा आफूले पाएको जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने प्रतिवद्धता जनाउनु भएको हो । उहाँले आफूले संसदको प्रतिष्ठा र गौरवलाई माथि उठाउने प्रयत्न गर्ने भन्दै त्यसकानिम्ति साथ दिन कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।

सभामुख सापकोटाले संघीय संसद सचिवालयका कर्मचारीहरुलाई देशभक्तिको भावनाले काम गर्न पनि आग्रह गर्नुभयो । कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना भने उपस्थित हुनु भएन । मूल समारोहको प्रमुख अतिथि सभामुख सापकोटा हुनुहुन्थ्यो ।

सभामुख प्रमुख अतिथि भएको कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नजानुलाई अर्थपूर्ण मानिएको छ । कार्यक्रममा चार जना कर्मचारीहरुलाई सम्मानसमेत गरिएको थियो ।