Logo २० माघ २०८२, मंगलबार | Wed Feb 4 2026


एमसीसीविरुद्ध संसद भवन बाहिर प्रदर्शन


208
Shares

काठमाडौं, मंसिर २८ । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको विरोधमा नयाँ बानेश्वरस्थित संघीय संसद भवन बाहिर प्रदर्शन गरिएको छ ।

मंगलबार सिपी गजुरेलको नेतृत्वमा रहेको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीलगायतका घटकहरुको आह्वानमा एमसीसीको विरोध गर्दै संसद भवन बाहिर प्रदर्शन गरिएको हो ।

दर्जनौँको संख्यामा भेला भएका युवाहरुले एमसीसी चाहिदैनँ, देश बेच्न पाइदैनँ, दलालहरु होसियार, एमसीसी खारेज गर लगायतका नारा लगाउँदै कालो झण्डा प्रदर्शन गरेका थिए ।

विरोध प्रदर्शनमा उत्रिनेहरुलाई प्रहरीले बलपूर्वक हटाएको छ भने केहीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।