कांग्रेसको मतगणना जारी, ३ हजार ७ सय ३९ मत मतगणना हुँदा देउवालाई १ हजार ७ सय ९८ (अपडेट) « Image Khabar


कांग्रेसको मतगणना जारी, ३ हजार ७ सय ३९ मत मतगणना हुँदा देउवालाई १ हजार ७ सय ९८ (अपडेट)

कोइरालालाई १ हजार ४ सय १३

4.264k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हिजो भएको मतदानको मतगणना जारी छ । आज बिहान ४ बजेदेखि शुरु भएको सभापति पदको मत गणनामा शेरबहादुर देउवाले अग्रता लिनुभएको छ ।

अहिलेसम्म ३ हजार ७ सय ३९ मत गणना हुँदा देउवाले १ हजार ७ सय ९८ मत प्राप्त गर्नुभएको छ । देउवालाई पछ्याइरहेका शेखर कोइरालाले १ हजार ४ सय १३ मत प्राप्त गर्नुभएको छ भने सभापतिका अर्का प्रतिष्पर्धी प्रकाशमान सिंहले २ सय ८६, विमलेन्द्र निधिले २ सय १ र कल्याण गुरुङले १९ मत ल्याउनुभएको छ ।

कुनै पनि उम्मेदवारलाई विजयी हुन २ हजार ३ सय ४० मत चाहिन्छ । तर २ हजार ३ सय ४० मत नआए बढी मत पाउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

सभापतिको मतगणना सकिएपछि मात्रै अन्य पदहरुको गणना गरिने बताईएको छ ।