Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


सापकोटालाई सभामुख बनाउन नहुने रिटमा अन्तरिम आदेश दिन अस्वीकार


0
Shares

काठमाडौं, माघ १४ । सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

अधिवक्ता दिनेश त्रिपाठीले हालेको रिटको सुनवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले मंगलबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

काभ्रेका अर्जुन लामाको हत्याको आरोप लागेका सापकोटालाई सभामुख बनाउन नहुने माग गर्दै गएको शुक्रबार अधिवक्ता त्रिपाठीले रिट दायर गरेका थिए ।

तर, सापकोटाविरुद्ध अर्जुन लामाकी श्रीमती पूर्णिमायाले हालेको ज्यान मुद्दाको अनुसन्धानको अवस्था ३० दिनभित्र जानकारी गराउन सर्वोच्चले सरकारलाई आदेश दिएको छ ।

उक्त मुद्दाको रिटमा अनुसन्धान जारी राख्न र त्यसको जानकारी प्रत्येक १५ दिनमा दिन यसअघि जारी गरिएको आदेशबारे के भइरहेको छ भन्ने जानकारी ३० दिनभित्र दिन सर्वोच्चले आदेश दिएको हो ।