संघीय संसदको हिउँदे अधिवेशन आजदेखि शुरु हुँदै « Imagekhabar – Online News Portal of Nepal
२२ श्रावण २०७९, आईतवार | Mon Aug 8 2022


संघीय संसदको हिउँदे अधिवेशन आजदेखि शुरु हुँदै

६ वटा अध्यादेश पेश गर्ने कार्यसूची, एमालेको अवरोध जारी रहने

13
Shares

काठमाडौ । संघीय संसदको हिउँदे अधिबेशन आजबाट सुरु हुने भएको छ । आज दिउँसो २ बजे दुबै सदनको अधिबेशन शुरु हुुन लागको हो । प्रमुख बिपक्षी एमालेले सभामुख अग्नी प्रसाद सापकोटको भुमिकामाथि प्रश्न उठाउँदै यसअघिको अधिबेशन अवधिभर अवरोध गरेको थियो ।

अधिवेशनमा ६ वटा अध्यादेलाई पहिलो बैठकमा पेश गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ । संघीय संसद्को दशौँ अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, २०७८ सहित विभिन्न पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।

संसद् सचिवालयका अनुसार बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश–२०७८, तेजाब तथा घातक रसायनिक पदार्थ नियमन, अध्यादेश–२०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश–२०७८ पेश गर्नुहुने छ ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश–२०७८ पेश गर्ने कार्यसूची रहेको छ ।