Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


दाङमा जिप दुर्घटना हुँदा ३ को मृत्यु


39
Shares

दाङ । हिजो साँझ दाङको राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–३ सिरखोलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको कपुरकोट गाउँपालिकाका ४८ वर्षिय प्रेमप्रकाश शर्मा, ४६ वर्षिय साउनी घर्ती र सोही ठाउँकै २५ वर्षिय लालमति खड्का रहेका छन् ।

दुर्घटनामा परी १३ जना गम्भिर घाइते भएका छन् । तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको रा १ ज ४३८ नम्बरको जिप दुर्घटना भएको हो । गियर फसेका कारण जीप दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ । जिप सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपमा १८ जना यात्रु सवार रहेका थिए ।